गण्डकी प्रदेश सरकारबाट बाहिरिदै माओवादी केन्द्र : २ मन्त्रीले राजीनामा दिँदै

काठमाडौं । गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिने भएको छ ।

सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी पार्टीलाई ब्युँताउने फैसाला गरेपछिको अवस्थामा माओवादी सरकारबाट बाहिरिन लागेको हो ।

गण्डकी प्रदेश सरकारमा रहेका माओवादीका तर्फका दुई मन्त्रीले राजीनामा दिने निर्णय भएको छ ।

माओवादी संसदीय दलको बुधबार विहान बसेको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको प्रदेश अर्थ विकास समितिका सभापति एवं माओवादी केन्द्रका सांसद दीपक कोइरालाले जानकारी दिए ।

उनले तत्काल गण्डकी प्रदेश सरकारबाट बाहिरिएर नयाँ सरकार बनाउन समीकरणका लागि प्रयास गर्ने निर्णय बैठकमा भएको बताए । माओवादी केन्द्रबाट पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?