बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बुधवार) सुनचाँदीको मूल्यमा बृद्धि भएको छ ।

मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ८७ हजार ५ सय रहेको थियो । आज सुनको मूल्य तोलामा ५ सयले बृद्धि भइ प्रतितोला छापावाला सुन ८८ हजार कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ८७ हजार ५ सय ५० रहेको छ ।

महासंघका अनुसार मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बृद्धि भएको छ । मंगलवार प्रतितोला चाँदीको मूल्य १२ सय ३५ रहेकोमा आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी १२ सय ४५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?