काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधवारका लागि तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार अनारको प्रतिकेजी २९० रुपैयाँ, अदुवा प्रतिकेजी ७५ रुपैयाँ तोकिएको छ ।
त्यस्तै अंगुर (हरियो) प्रतिकेजी ११० रुपैयाँ, आलु रातो प्रतिकेजी ३१ रुपैयाँ, इमली प्रतिकेजी १४५ रुपैयाँ, काउली (स्थानीय) प्रतिकेजी ५५ रुपैयाँ, हरियो अकबरे खुर्सानी प्रतिकेजी २७५ रुपैयाँ , सुकेको खुर्सानी प्रतिकेजी ३१० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकेजी ११५ रुपैयाँ रहेको समितिले जनाएको छ ।
यस्तै च्याउ (कन्य) प्रतिकेजी २३५ रुपैयाँ, च्याउ (डल्ले) प्रतिकेजी ३९० रुपैयाँ, लोकल गाजर प्रतिकेजी ५५ रुपैयाँ, गोलभेडा सानो (टनेल) प्रतिकेजी ५५ रुपैयाँ, ताजा माछा (छडी) प्रतिकेजी २२५ रुपैयाँ, जिरीको साग प्रतिकेजी ५५ रुपैयाँ रहेको छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया