बाढीपहिरोमा परि ज्यान गुमाउनेको संख्या १ सय ५० नाघ्यो

लोकपथ
0
Shares

एजेन्सी । इन्डोनेसियामा गएको बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या १ सय ५० जना पुगेको छ । पूर्वी टिमोरमा गएको बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या १५० नाघेको त्यहाँका सरकारी अधिकारीहरूले बताए ।

उनीहरुका अनुसार अझै दर्जनौँ मानिसहरू हराइरहेको हुन सक्ने आशंका गरिएको छ । अहिलेसम्म इन्डोनेसियामा १ सय ३० र टिमोरमा २७ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?