वायु प्रदूषण : काठमाडौंमा स्वच्छ सास फेर्न गाह्रो

लोकपथ
0
Shares

काठमाडौं । देशभर भइरहेको आगलागीका कारण पछिल्लो केही दिनयता वायु प्रदूषण बढे्को छ । साथै उपत्यकामा वायु प्रदूषण बढे्सँगै स्वास्थ्य मन्त्रालयले धुवाँ उत्पादन गर्ने उद्योग बन्द गर्न आग्रह गरेको छ भने ‘मर्निङ वाक’ अर्थात् कामै नपरेसम्म घरबाट बाहिर ननिस्कन भनेको छ ।

यो वर्ष अघिल्लो वर्षहरुमा भन्दा धेरै डढेलो लागेको कारण वायु प्रदूषण भएको विज्ञहरुको भनाइ छ । प्रदूषण नियन्त्रणको लागि वातावरण विभागले कार्ययोजना नै बनाएको छ । तर उक्त कार्ययोजना प्रभावकारी ढंगबाट लागु नहुँदा काठमाडौं उपत्यकाका मानिसले स्वच्छ स्वास फेर्न पाएका छैनन् ।

उपत्यकाका कतिपय ठाउँका एअर क्वालिटी इन्डेक्स (एक्यूआई्र) ३०० नाघेको भन्दै सचेत हुनुपर्ने वातावरण विभागले जनाएको छ । कति स्थानमा एक्यूआई ३०० अंक नाघेको छ । यो भनेको स्वास्थ्यका लागि निकै खराब अवस्था हो ।

डढेलो नियन्त्रण नभएसम्म वायु प्रदूषण नहट्ने वातावरण विभागले जनाएको छ । नेपालभर सयौं स्थानमा डढेलो लागेको र त्यो नियन्त्रण नभएसम्म वायु प्रदूषण नघट्ने विज्ञहरुको भनाइ छ ।

डढेलो नियन्त्रण तथा वायु प्रदूषण रोक्न स्थानीय निकाय नै सक्रिय हुनुपर्नेमा उनको जोड छ । गतवर्ष यही समय काठमाडौंमा करिब तीनदशक यताकै सफा मौसम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?