९ चैत्र २०७९, बिहीवार

पद्मश्री साहित्य पुरस्कार र साधना सम्मान

२०७४,आश्विन,१९,बिहीवार १८:१२

0
Shares

काठमाडौँ, १९ असोज ।खेमलाल हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठानद्वारा स्थापितनेपाली साहित्यको उत्कृष्ट कृतिलाई प्रदान गरिने ‘पद्मश्री साहित्य पुरस्कार’ कवि नवराज पराजुलीलाई उनको कविताकृति ‘सगरमाथाको गहिराइ’का लागि आज प्रदान गरिएको छ ।त्यस्तै साहित्यिक पत्रकारितामा दीर्घ योगदान पुर्‍याएका वरिष्ठ पत्रकार नगेन्द्रराज शर्मा र रोचक घिमिरेलाई संयुक्त रुपमा ‘पद्मश्री साधना सम्मान’ दिइयो । दुवै पुरस्कार र सम्मानका साथ रु दुई लाख तथा प्रशंसापत्र छन् ।यहाँ आज आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले सिर्जना तथा समर्पणमा प्रतिस्पर्धा हुँदैन भन्दै आगामी वर्षदेखि पद्मश्री पुरस्कारका लागि १० कृतिको सूची दिइने जानकारी दिए । प्रतिष्ठानका सदस्य सचिव डा रवीन्द्र समीरले संस्थाको विगत तथा आगामी कार्यक्रमबारे प्रकाश पारेका थिए ।सम्मानित व्यक्तित्व शर्माले सम्मानले आफ्नो दीर्घ साधनाको मूल्यांकन भएकामा प्रसन्नता व्यक्त गरे । पद्मश्री साहित्य पुरस्कार विजेता पराजुलीले काव्यिक मन्तव्यसहित ‘रुख’ शीर्षक कविता प्रस्तुत गरेका थिए । 

प्रकाशित मिति: २०७४,आश्विन,१९,बिहीवार १८:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । गायक राजेश पायल राईको स्वरमा ‘काली काली’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। टी.एन आचार्यको शब्द रहेको गीतमा

काठमाडौं । नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुन, विपिन कार्की । ‘लूट’, ‘छड्के’,

काठमाडौं । गीतकार उमेश लम्सालको नयाँ गीत ‘आँसुका यी कथा’ सार्वजनिक भएको छ । उमेश लम्साल युट्यूब मार्फत सार्वजनिक भएको

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘बहाव’ यही चैत २४ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा सुरक्षाले

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००