सुदूरपश्चिममा कोरोनाको नयाँ प्रकार : एक जना संक्रमितको मृत्यु

लोकपथ
0
Shares
फाइल फोटो

कैलाली /टेकसिंह धामी । सुदूरपश्चिम प्रदेशका कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । यस्तै महाकाली अस्पतालमा उपचारार्थ एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतको गुजरातबाट चैत २२ गते नेपाल आएका भीमदत्त नगरपालिका १५ का ४५ वर्षीय पुरुषको गएराति कोरोना संक्रमणबाट मृत्यु भएको स्थानीयले जनाएको छ।

चैत २२ गते स्वदेश फर्किएका उनलाई कोरोना संक्रमण देखा परेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले भने। भर्खरै कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएकोबारे खवर पाएको छु’ उनले भने, ‘अस्पताल जाँदै छु। त्यस पछि विस्तृत विवरण उपलब्ध गराउँछु।

मृत्यु भएका कोरोना संक्रमितको आज शव व्यवस्थापनको कार्य गरिने बताइएको छ। कोरोनाको दोश्रो संक्रमणको लहर शुरु भएपछि कञ्चनपुरमा पहिलो पटक एक जनाको मृत्यु भएको छ।

यस अघि कञ्चनपुरमा कोरोनाको संक्रमणका कारण १४ जनाले ज्यान गुमाएका थिए । हालसम्म कोरोनाको दोश्रो लहर फैलिए पछि एन्टिजेन विधिबाट एक हजार ९ सय ८० जनाको परिक्षण गरिएका मध्ये ६४ जनाको नतिजा पोजेटिभ आएको छ ।

जस मध्ये १२ जना महाकाली अस्पतालको आइसोलेसनमा रहेका छन्। मंगलवार मात्रै भीमदत्त नगरपालिका २ का दुई जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?