चीनबाट ल्याइएको कोरोनाविरुद्धको खोप आजदेखि लगाउन शुरु

लोकपथ
0
Shares

काठमाडौं । छिमेकी मुलुक चीनले अनुदानमा दिएको कोरोनाविरूद्धको खोप आज (बुधवार) देखि लगाइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका अनुसार काठमाडौंका विभिन्न अस्पतालहरूबाट खोप लगाइने जनाएको छ।

यो खोप चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारीरव्यक्ति, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफूल, तरकारीलगायत व्यापारी, प्राध्यापकहरूलगायतलाई लगाइने मन्त्रालयले जनाएको छ।
यसअघि चीनमै उत्पादित खोपको ८ लाख डोज चीनले नेपाललाई अनुदानमा दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?