नुवाकोटमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नुवाकोट । नुवाकोटमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

विदुर नगरपालिका-५ देविघाटमा डेरा गरी बस्ने गोरखा भिमसेन गाउँपालिका-६ अश्रमझिगटे घर भएका ४७ वर्षीय कलमदिन मियाँलाई मंगलवार बिहान प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई देविघाटस्थित टहरोभित्र जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी देवीघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?