काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भक्तपुरमा पनि समानान्तर कमिटी गठन गरेको छ ।
नेपाल पक्षले भक्तपुरमा एमाले सचिवालय सदस्य समेत रहेका नेता रजन केसीलाई अध्यक्षमा नियुक्त गरेको छ ।
नेता केसी लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहेका छन् । शंकरदेव क्याम्पसबाट विद्यार्थी राजनीति शुरु गरेका नेता केसी कार्यकर्ता माझ लोकप्रीय मानिन्छन् ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका नेपाल पक्षले देशभर समानान्तर कमिटी गर्ने घोषणा गरेको छ ।
आज नै नेपाल पक्षले बागमती प्रदेशमा नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा समानान्तर कमिटी घोषणा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया