काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै सरकार कब्जा गर्ने उद्घोष गरेका छन् ।
आज ३२ औँ जनआन्दोलन दिवसका अवसरमा रुकुममा भएको जनप्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले त्यस्तो बताएका हुन् ।
‘हामी केहि दिनमा सरकार कब्जा गर्ने ठाउँमा जानेछौँ । हामी छलफलमा छौँ । यो कार्यक्रमपछि पनि छलफल गर्ने छौँ । प्रतिक्रान्तीकारीहरुलाई भन्न चाहान्छौँ हामी सरकार कब्जा गर्नेछौँ ।’ प्रचण्डले भने ।
त्यस्तै आफूले प्रधानमन्त्री केपी शर्मा ओलीले हारेको र आफू जनतामा गएकाले जितेको बताएर रुकुम आएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया