काठमाडौं । स्याङ्जामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।
१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा स्याङ्जा वालिङ नगरपालिका वडा नं ६ बस्ने २१ वर्षीय गणेश विकलाई आज (मंगलवार) पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिएका छन् ।
आइतवार ति बालीकालाई राती १०ः३० बजेको समयमा आफ्नै घरमा सुतीरहेको अवस्थामा जबरजस्ती करणी गरेको आरोपमा विकलाई पक्राउ गरेका हो ।
विकलाई स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया