प्रियंका गर्भवती, लगातार ‘बेबी बम्प’ सार्वजनिक (भिडियो रिपोर्ट)

काठमाडौं- नायिका प्रिंयका कार्कीले गत चैत १५ गते अर्थात् होलीको दिन सामाजिक सञ्जाल फेसबुकमा तीन पटक फोटो पोस्ट गरिन् । पहिलो पटक १२ बजेर २७ मिनेट जँदा उनले ‘ह्याप्पी होली, बि सेफ, प्ले रेस्पोन्सिबिलिटी’ भन्दै श्रीमान् आयुष्मान देशराज जोशीसँग होली खेलेको तीन वटा फोटो पोस्ट गरिन् । जसमा यो सामग्री तयार पार्दासम्म १ हजार ४ सय वटा कमेन्ट आएको छ भने ५९ हजार जनाले रियाक्ट गरेका छन्।

त्यसको केही घण्टापछि अर्थात् दिउँसो २ बजेर ५ मिनेट जाँदा परिवारसँग होली खेलेको ८ वटा फोटो पोस्ट गरिन् । यसमा ३९८ वटा कमेन्ट र २९ हजार जनाले रियाक्ट गरेका छन् । यस्तै दिउँसो ४ बजेर ४६ मिनेट जँदा प्रियंकाले होलीको अर्को फोटो शेयर गरिन् । यसमा ४५६ वटा कमेन्ट आएको छ भने ४० हजार जनाले रियाक्ट गरेका छन् ।

नायिका प्रियंकाले होलीको अवसरमा सावर्जनिक गरेको तस्वीरहरुमा उनको ‘गेटअप’ अलि फरक थियो । प्रियंकाले आफ्नो ‘बेबी बम्प’ लुकाएकी थिइन् । तस्वीर हेर्दा उनी अलि मोटाएकी पनि देखिन्छन् । प्रियंकाको यो ‘गेटअप’ देखेर धेरैले उनी गर्भवती भएको अनुमान लगाए । उनको फोटोमा प्रतिक्रिया दिँदै धेरैले यस विषयमा जिज्ञासा पनि राखे । कतिपयले त उनलाई बधाइ समेत दिए।

नायिका प्रियंकाले गत चैत २० गते शुभेच्छुकहरुको यही जिज्ञासा मेट्दै आफ्नो ‘बेबी बम्प’ सार्वजनिक गरिन् । श्रीमान् आयुष्मान सहितको तस्वीर सेयर गर्दै उनले आफु आमा बन्न लागेको जानकारी दिएकी थिइन्।

उनले लेखेकी थिइन्- ‘हो, हामी गर्भवती छौ, तपाई सोध्न छाड्नुस् ।’ उनको यो पोस्ट एक हजार ४ सय जनाले शेयर गरेका छन् भने एक लाख २२ हजार जनाले ‘रियाक्ट’ गरेका छन् । यस्तै १८ हजार भन्दा बढीले उनीहरुलाई बधाइ दिएका छन्।


यसपछि उनले लगातारमा ‘बेबी बम्प’को तस्वीर शेयर गर्दै आएकी छन् । चैत २२ गते उनले फेरि ‘बेबी बम्प’सहितको सिंगल तस्वीर सेयर गरिन् । जसमा बच्चालाई सम्बोधन गर्दै उनले लेखेकी छन्, ‘मलाई आशा छ, तिमी सानो भए पनि कति धेरै मायाले घेरिएका छौं भन्ने थाहा होला ।’ उनको यो पोस्टमा भने कमैले मात्रै चासो दिएका छन् । यो तस्वीरमा अघिल्लो पोस्टमा भन्दा आधा कम अर्थात् जम्मा ७ हजार जनाले प्रतित्रिया जनाएका छन् ।

प्रियंकाको ‘बेबी बम्प’ सार्वजनिक गर्ने क्रम यतिमै रोकिएन । हिजो सोमवार अर्थात् चैत २३ गते उनले फेरि अर्को तस्वीर सेयर गरिन् । उनले श्रीमान् देशराजसहितको कामुकशैलीको तस्वीर सेयर गरेकी थिइन् । तस्वीरको क्याप्सन थियो, ‘हाम्रो सानो चमत्कार’

उनको यो तस्वीरमा भने धेरैले नकारात्मक प्रतिक्रिया दिएका छन् । धेरैले उनलाई ‘अति गरे नि अत्याचार नगर्नु’ भन्दै सुझाएका छन्।

नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीबीच गत वर्षको फागुन १६ गते विवाह भएको थियो ।

बलिउड र बलिउडमा मात्रै होइन पछिल्लो समय नेपाली नायिकाहरु पनि बेबी बम्प देखाउने लहर चलेको छ । यसअघि नायिका निशा अधिकारी, सिर्जना सुब्बालगायतले बेबी बम्प सार्वजनिक गरेकी थिइन् । कलाकारहरु मात्रै होइन पछिल्लो समय आम सर्वसाधारणमा यसको क्रेज देखिन थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?