प्रभु बैंकको स्वतन्त्र संचालकमा सिटौला नियुक्त

काठमाडौं । प्रभु बैंक लिमिटेडको स्वतन्त्र संचालकमा लिलाप्रकाश सिटौला नियुक्त भएका छन् ।

सोमवार बसेको बैंक संचालक समितिको बैठकले सिटौलालाई स्वतन्त्र संचालकमा चयन गरेको हो । बैंकका अध्यक्ष देवीप्रकाश भट्चन बाहिरिएपछि खाली रहेको अध्यक्ष पदमा नियुक्त गर्ने गरी स्वतन्त्र संचालकमा नियुक्त भएका हुन् ।

सिटौला यसअघि कृषि विकास बैंककमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । उनी २०७१ साल मंसिर २८ देखि २०७५ साल मंसिर २७ गतेसम्म कार्यरत थिए । उनी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । सिटौलाले त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?