काठमाडौं । नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभामा विजयी ४ सांसदको पद निलम्बन भएको छ ।
सो बारेमा पत्र मंगलवार माओवादीले संसद सचिवालयमा दर्ता गरिएको पार्टी प्रमुख सचेतक देव गुरुङले जानकारी गराए ।
गुरुङले सांसदहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभू शाह र गौरी शंकर चौधरीलाई पार्टी सदस्य र सांसद समेत नरहने गरी कारबाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गरिएको जानकारी दिए ।
गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् रुपमा फर्कादिएपनि उनीहरु एमालेमा बसेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया