‘सूर्यवंशी’को प्रदर्शन मिति सर्‍यो

काठमाडौं । अक्षय कुमार र कट्रिना कैफको मुख्य भूमिका रहेको बलिउड चलचित्र ‘सूर्यवंशी’को प्रदर्शन मिति सरेको छ ।

भारतमा बढेको कोरोना संक्रमण तथा महाराष्ट्रमा रात्रीकालिन कर्फ्यूका कारण चलचित्रको प्रदर्शन मिति सरेको हो ।

रोहित सेट्टीद्वारा निर्देशित यो चलचित्र अप्रिल ३० बाट रिलिज गर्ने तय भएको थियो ।

तर महाराष्ट्र सरकारले अप्रिल ३० सम्म सिनेमा घरसहित भीडभाड हुने सबै व्यावसाय बन्द गर्ने निर्णय गरेसँगै चलचित्र प्रदर्शन अनिश्चत बनेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?