काठमाडौं । बागमती प्रदेशका सांसद शालिकराम जमरकट्टेलले मुख्यमन्त्री डोरमणी पौडेलको राजीनामा माग गरेका छन् ।
आज बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै पूर्व आन्तरिक मामिलामन्त्री समेत रहेका सांसद जमरकट्टेलले सरकार अल्पमतमा परिसकेको बताउँदै राजीनामा माग गरेका हुन् ।
‘यो एमालेकै भएपनि अल्पमतको सरकार हो । तत्काल राजीनामा गर्नुहोस् । प्रदेश सभाले अर्को सरकार बनउँछ।’ सांसद जमरकट्टेलले भने ।
त्यस्तै मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि सरकारले विभिन्न हर्कत देखाएको आरोप लगाए । ‘अविश्वासको प्रस्ताव दर्ता भएपछि यो सरकारले देखाएको हर्कत सभाले खोजेको छ ।’
साथै सरकारले सभालाई बन्दी बनाएको भन्दै त्यसकारे जानकारी दिनका लागि आग्रह गरेका छन् ।
गुटगत आधारमा सरकारले प्रदेशमा बजेट पठाएको भन्दै त्यसबारे सरकारको जवाफ माग गरेका छन् । प्रदेश सरकारले विदेशमा गएर त्यसकै नक्कल गर्दै विद्युतीय बसहरु चलाउन खोजिएपनि त्यो सम्भव नहुने बताए । जनताले तिरेको करलाई बस किन्न खर्च गर्न नहुनेमा जोड दिए । साथै विद्युतीय बस खरिदमा भइरहेका सबै प्रक्रियाहरु सभालाई जानकारी नगराएसम्म अन्य बैठक बस्न नसक्ने चेतावनी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया