मूर्ति चोरी गरेको आरोपमा एक जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । १६ थान मूर्ति चोरी गरेको आरोपमा महानगरीय प्रहरी परिसर ललितपुरले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेको बेथानचोक गाउँपालिका ६ घर भई ललितपुर मंगलबजारमा बस्दै आएका ४८ वर्षीय राजकुमार सुनारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मूर्ति चोरोको आरोपमा सुनारलाई चैत २२ गते बालकुमारीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । चैत १३ गते राति ८ बजेतिर धौगलबजारस्थित माइकल शाक्यले सञ्चालन गरेको मूर्ति बनाउने उद्योगबाट विभिन्न आकृतिका १६ थान मूर्ति चोरी भएका थिए । पक्राउ परेका सुनार विरुद्ध जिल्ला अदालत ललिपुरबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?