बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

लोकपथ
0
Shares

पाल्पा । पाल्पाको तानसेनमा भएको बोलेरो जीप दुर्घटनामा दुईजनाको मृत्य भएको छ । गएराति साढे १२ बजेको समयमा लु २ च ६३२ नम्बरको कुखुरा बोकेको बोलेरो जीप तानसेनमा दुर्घटना भएको हो ।

दुर्घटनामा चालक बगनासकाली–४ का विजय खाम्चा र रिब्दीकोट ४ का राज थापाको युनाईटेड मिसन अस्पताल पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?