कर्णाली सरकारका ३ मन्त्रीले राजीनामा दिँदै

लोकपथ
0
Shares

काठमाडौं । कर्णाली प्रदेश सरकारका ३ जना मन्त्रीले आज राजीनामा दिने भएका छन् । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै तीन जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो ।

सोही निर्देशनअनुसार मंगलवार दिउँसो एक बजे बस्ने संसदीय दलको बैठक अगाडि एमालेबाट मन्त्री भएका सामाजिक विकासमन्त्री दलबहादुर रावल, अर्थमन्त्री प्रकाश ज्वाला र उद्योग, वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले राजीनामा दिन लागेका हुन् ।

केन्द्रमा नेकपा विभाजित भएर एमाले तथा माओवादी केन्द्र ब्युतिएपछि कर्णालीको प्रदेश सरकार ढल्ने अवस्थामा पुगेको छ । एमालेले समर्थन फिर्ता लिएपछि १३ जना मात्रै सांसद रहेको माओवादी केन्द्रको सरकार अल्पमतमा परेको छ ।

४० सांसद रहेको कर्णाली प्रदेशसभामा सरकारलाई बहुमतका लागि २१ जना सांसदको समर्थन चाहिन्छ । तर २० जना सांसद रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?