रुसको संविधान संशोधन, पुटिन २०३६ सम्म राष्ट्रपति बस्न सक्ने

लोकपथ
0
Shares

काठमाडौं । रुसी राष्ट्रपति भ्लादमिर पुटिन २०३६ सम्म सत्तामा बस्ने सक्ने गरि कानुन बनेको छ ।

राष्ट्रपति पुटिनले संवैधानिक व्यवस्थामा परिवर्तन गर्न बनेको कानुनमा औपचारिक रुपमा हस्ताक्षर गरेपछि अब उनी २०३६ सालसम्म रुसको सत्तामा बस्न सक्ने भएका छन् । यो कानुनमा पुटिनले सोमवार हस्ताक्षर गरेका हुन् ।

नयाँ कानुन अनुसार अब उनी थप दुई कार्यकालका लागि राष्ट्रपति बन्न सक्ने छन् । यसपछि अब पुटिन रुसमा जोसेफ स्टालिनभन्दा पनि लामो समयसम्म सत्तामा रहने किर्तिमान बनाउने सम्भावना देखिएको छ ।

स्टालिनले करिब २५ बर्ष तत्कालिन सोभियत संघमा शासन गरेका थिए । यद्यपी पुटिनले भने आफ्नो अहिलेको कार्यकाल पुरा गरेपछि मात्रै यस बारेमा औपचारिक निर्णय लिने बताउदै आएका छन् ।

उनले गत बर्ष मात्र संविधानमा रहेको व्यवस्था संशोधनका लागि जनमत संग्रह गराएका थिए । जसलाई रुसी जनताले व्यापक समर्थन गरेपछि संसदमा यस सम्बन्धि कानुन पारित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?