कतारले विदेशी कामदारका लागि न्यूनतम पारिश्रमिक तोकियो, मासिक ३० हजार

लोकपथ
0
Shares

काठमाडौं । कतारले मार्चदेखि विदेशी कामदारलाई न्यूनतम पारिश्रमिक ३० हजार रुपैयाँ दिन थालेको छ। पारिश्रमिक बढेपछि त्यहाँ कार्यरत साढे ४ लाख नेपालीले राहत महसुस गरेका छन्। तर, खाडीका अन्य मुलुक र मलेसियामा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक तोकिएको छैन।

अन्य मुलुकमा पनि न्यूनतम पारिश्रमिक तोकिनुपर्ने विज्ञहरूको भनाइ छ । कतारको सिको गरेर अरू देशले पनि न्यूनतम पारिश्रमिक तोक्नुपर्छ, श्रमविज्ञ डा.गणेश गुुरुङले भने, अनि मात्रै वैदेशिक रोजगारीमा जाने अधिकांश श्रमिक लाभान्वित हुनेछन्।

अर्थविद् ज्ञानेन्द्र अधिकारीले कतारको अनुशरण गरी अन्य देशले पनि न्यूनतम पारिश्रमिक दिनुपर्ने बताए। अब बाध्यतात्मक वैदेशिक रोजगारी अन्त्य गर्र्नै पर्छ’, अधिकारीले भने, विदेशबाट फर्किंदा तुलनात्मक रूपमा आर्थिक छलाङ मार्न सकिने हुनुपर्छ। न्यूनतम ज्याला वृद्धि गर्न सके वैदेशिक रोजगारीमा जाने धेरै श्रमिकको जीवनस्तर सुधार हुने उनको भनाइ छ।

न्यूनतम पारिश्रमिक ५० हजार रुपैयाँ निर्धारण हुनुपर्ने विदेशबाट फर्किएका कामदार बताउँछन्। सबै थोक छाडेर विदेशी भूमिमा कमाउन जाँदा आर्थिक अवस्था सुधार हुने गरी आम्दानी हुुनुपर्ने उनीहरूको अनुभव छ। तर, विदेशमा औसतमा महिनामा २२ हजार रुपैयाँ पनि पाउँदैनन्। यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?