जेलबाट १८ सय भन्दा बढी कैदी फरार

लोकपथ
0
Shares

एजेन्सी । बन्दुकधारीहरूको आक्रमणपछि नाइजीरियाको एउटा जेलबाट १ हजार ८ सय भन्दा बढी कैदीहरू भाग्न सफल भएको बीबीसीले जनाएको छ । आक्रमणकारिहरू दक्षिण-पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा बिस्फोटकको प्रयोग गरेर भित्र पसेका थिए।

हालसम्म भागेका ६ जना कैदिहरू फर्किएको बताइएको छ। ३५ जनाले भने त्यहाँबाट भाग्न अस्विकार गरेका थिए। प्रहरीले प्रतिबन्धित पृथक्तावादी समूह द इन्डीजीनीएस पीपल अफ बीयाफ्राले आक्रमण गरेको आरोप लगाएको छ।

तर उक्त समूले आफ्नो सङ्लग्नता अस्विकार गरेको छ। जेलबाट १ हजार ८ सय ४४ कैदी फरार भएको अधिकारीहरूले बताएका छन्। सोमवार बिहान पीकअप ट्रक र बस चढेर भारि हतियारसहित आएका आक्रमणकारीहरू ओवेरी कस्टोडीयल सेन्टर प्रवेश गरेका थिए।

प्रहरी प्रवक्ताका अनुसार आक्रमणकारीहरुले रकेटबाट फ्याक्न सकिने ग्रेनेड, स्वचालित बन्दुक, बिस्फोटक पदार्थ र राइफल बोकेका थिए। राष्ट्रपति मुहम्मदु बुहारीले आक्रमणलाई अराजकतावादीहरूले गरेको आतङ्कवादको कार्युु भनेका छन्।

उनले सुरक्षा निकायहरूलाई आक्रमणकारी र भाग्न सफल कैदीहरूलाई पक्रन निर्देशन दिएका छन्। द इन्डीजीनीएस पीपल अफ बीयाफ्राका एकजना प्रवक्ताले समाचार संस्था एएफपीलाई सोमवारको आक्रमण पछाडी उक्त समूहको हात रहेको विषय झुटो रहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?