वेलकम एड्भरटाईजिङ्गको ३० औं वार्षिकोत्सव

काठमाडौँ- वेलकम एड्भरटाईजिङ्गले ३० औं वार्षिकोत्सव भव्यरुपमा मनाएको छ । आफ्नो स्थापनाकालको २९ औं वर्षको अनवरत यात्रा पार गर्दै ३० औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आज एक विशेष कार्यक्रम आयोजना गरि संस्थाले  वार्षिक उत्सव मनाएको हो ।

यस अवसरमा संस्थाका संचालक निर्मलराज पौडेलले विज्ञापनदाताको चाहना अनुरुप विज्ञापन उपलब्ध गराउन पाउँदा  विज्ञापनदाता तथा शुवेच्छुकहरुप्रति गौरवान्वित महशुस गर्नुका साथै संस्था तथा संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उत्तरोत्तर प्रगतिको कामना गरे । आउँदा दिनमा समयानुकूल आफूलाई परिवर्तन गर्दै अझ प्रभावकारी ढङ्गले आफ्नो सेवा प्रवाह गर्दै लैजाने विश्वास पनि उनले व्यक्त गरे।

२०४८ चैत २३ मा स्थापित वेलकम एड्भरटाईजिङ्गले विज्ञापन जगतमा एउटा छुट्टै पहिचान कायम गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?