मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव माओवादी केन्द्रद्वारा फिर्ता

काठमाडौं । माओवादी केन्द्रले प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिएको छ ।

सोमवार प्रदेश सभा बैठकमा नेकपा माओवादी केन्द्र प्रदेश नं १ का संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता भएको जानकारी गराएका हुन् ।

विशेष परिस्थितिमा अविश्वासको दर्ता भएपनि वर्तमानमा असान्दर्भिक भएको भन्दै फिर्ता लिइएको जानकारी दिए ।

गत पुस १२ गते तत्कालिन प्रचण्ड-माधव नेपाल पक्षले मुख्यमन्त्री राईविरुद्ध राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?