जन्मदिनमा नयाँपन : रमाइलोका लागि गरिने खर्च कटाएर वृद्धाश्रमलाई सहयोग

काठमाडौं । पछिल्लो समय जन्मदिन विभिन्न ठाउँहरुमा सहयोग गरी मनाउने क्रम बढेको छ ।

जन्मदिनका अवसरमा साथीभाईहरु माझ रमाइलोमा गरिने खर्च कटाएर वृद्धाश्रम, बाल आश्रम तथा गरिव दुखीहरुका लागि खर्च गर्ने युवाहरुको चलन जस्तै बनेको छ ।

यसैक्रममा तरुण दलका नेता सबिन थापाले आफ्नो जन्मदिन वृद्धाश्रममा खाद्यन्न तथा अन्य उपभोग्य सामाग्री वितरण गरेर मनाएका छन् ।

तरुण दल काठमाडौं-नुवाकोट सम्पर्क समितिका कोषाध्यक्ष समेत रहेका थापाले मनमैजूमा रहेको नवजीवन परोपकार समाज सेवामा दाल, चामल, नुन, तेल, ग्यास, मास्क, साबुन लगायतका खाद्य तथा अन्य सामाग्रीहरु वितरण गरे ।

सोमवार जन्मदिनको अवसरमा परोपकार समाज पुगेर थापाले खाद्यान्न सामाग्रीहरु उक्त संस्थाका संस्थापक सदस्य मिरा के सिलाई हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह के सि, काठमाडौं महानगरपालिका वडा न. १६ अध्यक्ष मुकुन्द रिजाल, नेविसंघका नेताहरु सुशील भट्ट, निरन्जन थापा, पवन थापा साथै तरुण दलका नेताहरु गणेश सिटौला, ऋषि तामाङ्ग, सन्तोषप्रसाद ओझा, रामचन्द्र लामिछाने, प्रदिप सेढाइ लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?