प्रतिनिधि सभाको अर्को बैठक चैत २६ गते बस्ने

काठमाडौं । प्रतिनिधि सभाको आगामी बैठक चैत २६ गते बिहीवार बस्ने भएको छ ।

आज बसेको बैठकमा बोल्दै सभामुख अग्निप्रसाद सापकोटाले बिहीवार बस्नेगरी बैठक स्थगित गरिएको जानकारी गराए ।

आजको बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेयस त्रिपाठीले राष्ट्रिय सरोकार विषयमा संसदलाई जानकारी गराएका थिए ।

त्यस्तै आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २०७६र७७ को वार्षिक प्रतिवेदन समेत पेश गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?