काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयस त्रिपाठीले जानकारी गराएका छन् ।
यसअघि आइतवार नेपालमा १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा ४ हजार बढीको पीसीआर परीक्षण गर्दा २६७ जनामा कोरोना पुष्टि भएको मन्त्री त्रिपाठीले जनाकारी गराए । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै जोगिनुपर्नेमा जोड दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया