काठमाडौं – संसदको शुन्य समयमा बोल्दै सांसद महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई व्यंग्य गरेका छन् ।
उनले भने, “चुनाव अगाडी गठबन्धन बनाएँ, चुनाव जितेपछि एकीकरण गराएँ, सरकार बनाउँदा आधा कार्यकाल मागे, कार्यकारी अध्यक्ष पाएपछि भैगो भनेर छाडे, कार्यकारी प्रयोग गरी प्रधानमन्त्री र अध्यक्षको राजीनामा मागें, संसद विघटन गरेर परिवर्तनको घोषणा गरें, निर्वाचनको घोषणा गरें, लोकतन्त्र संकटमा पर्यो भनेर कराएँ, प्रतिगमन भयो भनेर चिच्याएँ, आन्दोलन गराएँ, मिसन मिडिया चलाएँ, वकिल, नागरिक समाज उचालें, अदालत गुहारें, निर्वाचन आयोग धाएँ, माइतीघर मण्डलामा सुर्यको चिन्ह लगाएँ, सेटिङको हल्ला चलाएँ, संसदीय दलको नेता बनें, अध्यक्ष घोषणा गरें, ११ गतेको फैसलाले मख्ख परें, लड्डु खाएँ, अबिर दलें, कांग्रेस र जसपाको अफिस धाएँ, नागरिक समाजको डबली धाएँ, २३ गतेको फैसलापछि आफ्नो साइजमा आएँ, विश्वासको मत फिर्ता लिन्छु भन्छु सक्दिन, अविश्वासको प्रस्ताव ल्याउँछु भन्छु सक्दिनँ, नयाँ गठबन्धन खोज्छु सक्दिनँ, प्रधानमन्त्री बन्नुस् भन्दा कसैले टेर्दैन, अब प्रधानमन्त्रीले विश्वासको मत लिनैपर्छ, नैतिकताको आधारमा राजीनामा दिनैपर्छ , लडाकु प्रकरण नउठाउने र हेग नलैजाने कोही तयार छ भने प्रधानमन्त्रीको सीट खालि छ । केपी ओलीको अगाडी मेरो केही लागेन । जसपाले मानेन, कांग्रेस जागेन ।”
यो पनि पढ्नुहोस् :
संसदको शून्य समय : कसले के भने ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया