७२ घण्टाभित्र इन्धनको मूल्य फिर्ता नगरे कडा आन्दोलन गर्ने अनेरास्ववियूको चेतावनी (तस्वीरसहित)

लोकपथ
65
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेसँगै एमाले नेता माधव कुमार नेपाल निकट अनेरास्ववियूले निगम घेराउ गरेको छ ।

अनेरास्ववियू केन्द्रीय कमिटीद्वारा आयोजित घेराउ कार्यक्रममा विद्यार्थी नेताहरूले आयल निगमविरुद्ध नाराबाजी गरेका थिए ।

प्रदर्शनका क्रममा मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरिएको थियो । माधव नेपाल पक्षधर अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले ७२ घण्टामा पनि मूल्य फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

माधव नेपाल पक्षधर अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली र महासचिव आरती लामाले घेराउको नेतृत्व गरेका थिए ।

नेपाल आयल निगमले आइतवार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँले बढाएको छ ।

निगमले पेट्रोल र डिजलरमट्टीतेलको साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?