समर्थन फिर्ता लिन चुनौति दिँदै गोकुल बास्कोटाको प्रश्न – ‘सरकार कसरी काम चलाउ ?’

काठमाडौं । पूर्व मन्त्री एवम् एमाले सांसद गोकुल बास्कोटाले सरकारलाई दिएको समर्थन फिर्ता लिन चुनौती दिएका छन् ।

सोमवार (आज) को प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बास्कोटाले सरकार काम चलाउ नभएको दाबी गरेका छन् ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने तर काम चलाउ मात्रै भन्ने गरेको भन्दै आक्रोश व्यक्त गरे ।
‘यो सरकार कसरी काम चलाउ हुन्छ ? समर्थन आफू गर्ने, समर्थन फिर्ता गर्न नसक्ने । अर्को सरकार बनाउन नसक्ने । एक दलिय, दुई दलिय तीन दलिय बनाउन नसक्ने । अनि काम चलाउ सरकार भन्ने ।’ बास्कोटाले भने ।

आफै प्रक्रिया अडकाउने र आफै सरकारलाई पडकाउने काम गरेको भन्दै माओवादी केन्द्रलाई विश्वासको मत झिक्न समेत चुनौती दिए । त्यस्तै चुनावमा जान डराउनेहरुले नै सरकारको कामकारबाहीलाई प्रतिगमन देख्ने गरेको बताए ।

‘त्यसो भए विश्वासको मत झिक्नुहोस् । आफै अड्काउने अनि आफै पडकाउने ।’ उनले भने- ‘जनताको बीचमा जानु प्रतिगमन हुन्छ भने अग्रगमन के हुन्छ ? विकास निर्माणको काममा प्रतिगमन हुन्छ भने यस्तो प्रतिगमन बारम्बार भैरहन्छ ।’

त्यस्तै केपी ओली नेतृत्वको सरकार बन्नुअघि राजनीतिमा मात्रै केन्द्रीत भएको दाबी गरेका छन् । ओली नेतृत्वको सरकार आउनुअघि जनताको सेवा लगायतका विषयमा सरकारको एजेण्डाभित्र नपर्ने तर ओली नेतृत्वको सरकार आइसकेपछि ती सबैको सम्बोधन हुने गरेको उनले दाबी गरे ।

यसैगरी संसदलाई सम्बोधन गर्दै राजनीतिको मुद्धा के हो भन्दै जनता हास्नका लागि सरकारले काम गरिरहेको बताए ।

‘जनता हास्नका लागि चाहिने कुरालाई यो सरकारले काम गरेको छ । सरकारको विरोध मात्रै गर्नेहरुको राजनीतिको मुद्धा के हो ? जनतामा के भनेर जान चाहेको ?’ बास्कोटाले भने ।

त्यस्तै विकासका कुराहरुमा तथ्यहरुतर्फ जान आग्रह गरेका छन् । ‘विकास नगर्ने नै हो भने किन राजनीति गर्नु ?’ उनले भने ।

मेलम्ची आयो , रेलमार्ग बन्दैछ भन्दै मेलम्चीको सपना किशुनजीले देखेको सपना केपी शर्मा ओलीले पूरा गरेको बताए । ‘किशनुजी प्रति सम्मान भएन् भन्दा अचम्म लाग्छ । किशुनजीले देखेको सपना केपी ओलीले पूरा गरे ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?