काठमाडौं- बैंकिङ कसूर मुद्दामा ६१ लाख रुपैयाँ जरिवाना तोकिएका बरुण ढकाल पक्राउ परेका छन्।
खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १५ घर भएका ढकाललाई केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले काठमाडौंको गोठाटारबाट पक्राउ गरेको हो । ढकाललाई लुकिछिपी बस्दै आएको अवस्थामा आइतवार नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।
ढकालले २०७५ चैत २० गते कमला कुमारी राईलाई ५६ लाख पन्ध्र हजार रुपैयाँ र कल्पना कुमारी राईलाई पाँच लाख चालिस हजार रुपैयाँको चेक दिएका थिए । चेकमा उल्लेखित रकम ढकालको बैंक खातामा नभएपछि उनीहरूले ढकालबिरुद्ध प्रहरीमा बैंकिङ कसूरको मुद्दामा जाहेरी दिएकी थिइन् ।
दुवै मुद्दामा उच्च अदालत पाटनले २०७७ पुस १५ गते ढकाललाई ६१ लाख ५५ हजार रुपैयाँ जरिवाना र ५ दिन कैद हुने फैसला गरेको थियो। ढकाललाई फैसला कार्यान्वयनका लागि सोमवार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया