काठमाडौं । प्रदेश नं १ का प्रदेश सभा सदस्य टंक आङ्बुहाङलाई माओवादी केन्द्रले कारबाही गरेको छ ।
माओवादी केन्द्रबाट निर्वाचित रही प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका आङ्बुहाङ् पार्टी पूर्ववत् रुपमा फर्किएपछि एमालेमा बसेका थिए ।
पार्टीले त्यसबारे स्पष्टीकरण सोधेको तर जवाफ नै नआएको भन्दै माओवादी केन्द्रले आङ्बुहाङलाई सांसद पदबाट हटाउने निर्णय गरेको हो ।
उनलाई पदमुक्त गरिएको र आज नै प्रदेश सभा सचिवालयमा जानकारी गराउने निर्णय भएको एक नेताले जानकारी दिए ।
पार्टी परित्याग गर्दै प्रदेशको आर्थिक मामिला मन्त्री बनेपछि माओवादी केन्द्रले गत चैत १७ गते स्पष्टीकरण सोधेको थियो । तर उनले जवाफ नै नपठाएपछि माओवादी केन्द्रले सांसद पदबाट हटाउने निर्णय गरेको हो ।
उनले गत चैत १३ गते मात्रै मन्त्रीको कार्यभार सम्हालेका थिए । अब उनको कार्यकाल ६ महिनामात्रै रहने कानूनी प्रावधान रहेको छ । माओवादी केन्द्रले सांसदबाट हटाएपछि उनी गैरसांसद हुने र गैर सांसदको कार्यकाल ६ महिना मात्रै रहने कानूनी प्रावधान रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया