९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार, एक जना पक्राउ

काठमाडौं । मोरङमा ९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बेलबारी नगरपालिका ६ सोमबारेका ५० वर्षीय गोपाल खड्कालाई हिजो आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

खड्काले ती बालिकालाई ललाई फकाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाहुनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?