अक्षय कुमार अस्पताल भर्ना

काठमाडौं । चर्चित बलिउड अभिनेता अक्षय कुमार अस्पताल भर्ना भएका छन् । उनी सोमवार अस्पताल भर्ना भएको ट्वीटमार्फत् जनाकारी दिएका हुन् ।

अक्षय पवइको हिरानन्दानी अस्पतालमा भर्ना भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अक्षयले आफू स्वस्थ्य रहेको र शिघ्र स्वास्थ्यलाभको कामना गर्ने आफ्ना फ्यान्सहरुलाई प्रार्थानाका लागि धन्यवाद दिएका छन् ।

अक्षयलाई केही दिन अगाडि मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । उनले सामाजिक संजाल इन्स्टाग्राममार्फत आफू कोरोना पोजिटिभ भएको जानकारी दिएका थिए ।

अक्षयलाई चलचित्र ‘राम सेतु’को शुटिङका क्रममा कोरोना संक्रमण देखिएको थियो । सोहि चलचित्रका ४५ जना कलाकारलाई समेत कोरोना पोजिटिभ देखिएपछि दुई साताका लागि यसको छायांकन स्थगित भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?