सुनसरी । प्रहरीले सुनसरीमा ठूलो परिमाणमा लागू औषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कोशी गाउँपालिका ६ श्रीपुर बस्ने उदय कुमार मुखिया र सोहि स्थानका बिहारी मुखिया रहेका छन् ।
चैत्र २१ गते विशेष सूचनाको आधारमा कोशी गाउँपालिका ४ कोशी कटान छेउ बासझाङमा बालुवाको थुप्रोमा खाल्डो बनाई बालुवाले पुरी लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध गाँजा ८७ केजी गाँजासहित उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ गरिएका दुवै जनालाई लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्धा दर्ता गरि अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया