बाढीपहिरोमा परि ५० जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । इन्डोनेसियामा आएको बाढीपहिरो परि कम्तीमा पनि ५० जनाको ज्यान गएको छ । बाढीमा २७ जना भन्दा बढी हराइरहेका छन् । इस्ट नुसा तेन्गारा प्रान्तमा बाढीपहिरो आएको इन्डोनेसियाको राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयले जनाएको छ ।

बाढीमा हराइरहेका तथा फसेकाहरुको उद्धार कार्य भइरहेको छ । बाढीबाट हजारौं मानिस विस्थापित भएका छन् । इन्डोनेसियासँगै छिमेकी देश तिमोर लेस्तेका झण्डै दश हजार घरमा क्षति पुगेको बीबीसीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?