धनकुटामा खनाल–नेपाल पक्षको समानान्तर कमिटी गठन

लोकपथ
0
Shares

धनकुटा । नेकपा एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले धनकुटामा पार्टीको समानान्तर जिल्ला कमिटी गठन गरेको छ ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेपाल–खनाल पक्षले अर्जुन राईलाई अध्यक्ष र खगेन्द्र सुवेदीलाई सचिव तोकेर एमालेको बेग्लै जिल्ला कमिटी निर्माण गरेको हो ।

नेकपा एमाले जिल्ला कमिटी धनकुटाको विस्तारित बैठक राखेर जिल्ला कमिटी पुर्नगठन गरी १ सय १ सदस्यीय जिल्ला कमिटी निर्माण गरिएको नेपाल–खनाल पक्षको दावी छ । बैठकमा एमालेका ४८ जना जिल्ला कमिटी सदस्य सहभागी भएको सो पक्षले दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?