आगलागीबाट ६ लाखको क्षति

RSS
0
Shares

सप्तरी । सप्तरीको तिलाठी कोइलारी गाउँपालिकामा गए राति आगलागी हुँदा करिब ६ लाख मूल्य बराबरको क्षति भएको छ ।

वडा नम्वर ६ निवासी सुधांशुप्रसाद सिंहको गोठ र स्टोर कोठामा आगलागी भएको गाउँपालिका अध्यक्ष सतिश सिंहले बताए ।

कुन कारणले कसरी आगलागी भएको खुल्न नसकेको बताइएको छ । सो घरभित्र रहेको सन्दुक, लत्ताकपडा, भाडावर्तन, नगद जिन्सी तथा विभिन्न सरसमान गरी करिब छ लाख बराबरको समान नष्ट भएको प्रहरीले जनाएको छ ।आगो स्थानीयबासी, प्रहरी र हनुमाननगर कङ्कालिनी नगरपालिकाबाट गएको बारुणयन्त्रले नियन्त्रमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?