प्रदेश प्रहरी कार्यालय डोटीबाट कैलाली सर्‍यो

RSS
0
Shares

डोटी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट कैलाली सरेको छ । प्रदेशको राजधानी कैलाली स्थापना भएसँगै उक्त कार्यालय कैलाली सरेको प्रदेश प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । उनले भने राजधानी कायम भएको ठाउँमा प्रदेश प्रहरी कार्यालय राख्ने भन्ने कानुनी व्यवस्था भएअनुसार कार्यालय सरेको हो ।

वर्षौ पुरानो क्षेत्रिय सदरमुकाम दिपायलमा रहेका सेनाको पृतना तथा प्रदेश प्रहरी कार्यालय कैलालीमा सारेपछि यहाँका बासिन्दा आक्रोशित भएका छन् ।

नेपाली सेनाको पृतना मुख्यालय यस अघि नै कैलालीको तेघरीमा सरिसकेको छ । दिपायलमा राजधानी कायम नभए पनि यहाँका क्षेत्रीय स्तरका कार्यालय कैलाली नसार्ने नेताहरुले आश्वासन दिँदै आएका थिए ।

संघीयता कायम हुनु पहिले दिपायलमा रहेका क्षेत्रिय स्तरका कार्यालय अहिले कैलालीको धनगढी सारिन थालेपछि यहाँका भवन खाली हुँदै गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?