अविश्वासको प्रस्ताव फिर्ता

लोकपथ
0
Shares

मोरङ । प्रदेश १ सभाको सोमवार बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिइने भएको छ । मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा दर्ता गरिएको अविश्वास प्रस्तावका प्रस्तावक माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सोमवार बस्ने प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव फिर्ता लिने बताएका छन् ।
अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका बहुसंख्यक प्रदेशसभा सदस्यले हस्ताक्षर फिर्ता लिइसकेकाले अब यसको औचित्य छैन,’ उनले भने, ‘त्यसैले प्रदेशसभा बैठकमा अविश्वासको प्रस्ताव फिर्ता लिने प्रस्ताव गरेर यो विषय टुंग्याउँछौं ।

तत्कालीन नेकपाका ३७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित आङ्बोले मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा पुस १२ मा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?