काठमाडौं- एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङ नियुक्त भएका छन्। बैंकले भारतीय सीईओहरुले खासै काम गर्न नसकेको भन्दै नेपाली सीईओ नियुक्त गरेको हो।
बैंकले २५ वर्षको इतिहासमा पहिलो पटक नेपाली सीईओ नियुक्त गरेको हो । उनलाई ‘कुलिङ पिरियड’ लाग्ने भएकाले ६ महिनापछि बैंकमा जान सक्ने छन् । तर, राष्ट्र बैंकले लचकता अपनाउँदै उनलाई सीईओ बन्न दिन सक्ने संभावना रहेको बताइएको छ ।
खालिङ यसअघि सिटिजन्स बैंकको सञ्चालक थिए भने त्यसअघि लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत थिए । खालिङ लक्ष्मी बैंक आउनुअघि स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा प्रमुख सुचना अधिकृतका रुपमा कार्यरत थिए।
उनीसँग करिव ३३ बर्ष लामो सक्रिय बैंकिङ अनुभव छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया