शेयर बजारमा २५ अंकको उछाल

लोकपथ
0
Shares

काठमाडौं । साताको पहिलो दिन आइतवार शेयर बजार २५.७१ अंकले बढेको छ । आज कारोबार २६५७.६१ अंकमा रोकिएको छ ।

आज ९० करोड ६८ लाख ५८ हजार ५ सय ५८ रुपैँया बराबरको कारोबार भएको छ भने १ करोड ८१ लख ७३ हजार ३ सय ७८ कित्ता शेयर किनबेच भएको छ । आइवार ट्रेडिङ, होटल तथा पर्यटन क्षेत्र,उत्पादनमुलक क्षेत्र,म्युचुअल र इन्भेष्टमेन्ट लगायतका उपसमूहहरुको कारोबार घटेको छ भने बाँकी सबै उपसमूहहरुको बारोबार बढेको छ ।

No description available.

आइतवार १२ कम्पनीको मूल्य स्थिर रह्यो । आइतवार ११० कम्पनीको मूल्य बढेको छ । जसमा जनरल इन्स्योरेन्स, वोमी लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स,राधी जलविद्युत, आइएमई,एनआइसी एसिया लघुवित्त, र साञ्जेन जलविद्युत कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

त्यस्तै,५८ वटा कम्पनीको मूल्य भने घटेको छ । साल्ट ट्रेडिङ कम्पनी, एचआइडीसीएल तथा सपोर्ट लघुवित्तको शेयर मूल्य ४-४ प्रतिशतले घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?