काठमाडौं । नेकपा एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले काठमाडौंमा समानान्तर कमिटी घोषणा गरेको छ ।
आज काठमाडौंमा आयोजित नेपाल-खनाल पक्षकोअगुवा कार्यकर्ता भेलाबाट वसन्त मानन्धरको अध्यक्षतामा समानान्तर कमिटी घोषणा गरिएको हो ।
त्यस्तै उपाध्यक्षमा सोभा सापकोटा, सचिवमा कुसुम कार्की र उपसचिवमा लक्ष्मीप्रसाद श्रेष्ठ रहेका छन् । त्यसैगरी संस्थापन समूहको अध्यक्षमा संघीय सांसद कृष्ण राई रहेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति चरम असन्तुष्ट रहेका नेपाल खनाल पक्षले यसअघि कास्की, तनहुँ र लमजुङ लगायतका जिल्लाहरुमा समेत समानान्तर कमिटी घोषणा गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया