गाँजासहित १ जना पक्राउ

मोरङ । उर्लाबारी-३ थापा चौक स्थितमा बस्ने ३८ वर्षीय प्रेम धिमाल लागू औषध गाँजासहित पक्राउ परेका छन्।

उनलाई आइतवार (आज) दिउँसो २ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले ४ के.जी. भन्दा बढि गाँजा सहित पक्राउ गरेको हो ।

धिमालले घरमा गाँजा लुकाई राखेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा खाटमुनी जेब्रा झोलामा लुकाई राखेको १र१ के.जी. को ४ पोका र खुल्ला अबवस्थामा रहेको ८०० ग्राम गाँजा फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

उनलाई पक्राउ गरी उनी उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?