भोलि प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सोमवार (भोलि) प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभाको सातौँ अधिवेशन अन्तर्गत ७ औँ बैठकमा विभिन्न कार्यसूचीहरु तय गरिएको छ ।

भोलिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन पेश हुने संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

त्यस्तै सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले ‘सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन २०७७ पेश’ हुनेछ ।

यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७७ पेश’ हुने गौतमले जानकारी दिए ।

बैठक भोलि दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?