काठमाडौं । सेवाग्राहीहरुलाई ठगी गर्ने गुडविल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष दिवाकर श्रेष्ठ पक्राउ परेका छन् ।
सहकारीमा ठगी गरि फरार रहेका श्रेष्ठलाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले शनिवार चितवनस्थित भरतपुर महानगरपालिका-१० बाट पक्राउ गरेको हो ।
श्रेष्ठ लगायत संस्थाका अन्य पदाधिकारीहरु समेतको संलग्नतामा रकम जम्मा गरेमा बढी ब्याज दिने भन्दै ७९ लाख ८९ हजार ६४ हजार ५ सय २० रुपैयाँ ठगी गरेका थिए । संस्थागत एवम् व्यक्तिगत निक्षेपकर्ताहरुले गत चैत ५ गते परिसरमा ठगी सम्बन्धी किटानी जाहेरी दिएका थिए । तर त्यससम्बन्धमा अनुसन्धान भइरहेको क्रममा उनी फरार रहेका थिए ।
उक्त सहकारीबाट ठगीएका पीडितहरुले अझै उजुरी दिइरहेको र कोही ठगीमा परेमा परिसरमा उजुरी दिन अनुरोध गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया