कृषि उत्पादन खरिद बिक्रीका लागि हाट बजार एप

काठमाडौं । कृषि उत्पादन खरिद बिक्री सहज हाट बजार एप नामक मोवाइल ऐप्लिकेशन बजारमा आएको छ ।

हजारौँ किसानहरुले आफ्नो उत्पादनहरु हाटमा जसरी बेच्न राखेका हुने बताइएको छ । ग्राहक तथा बिक्रेताले आफ्नो मूल्यमा सामानहरु मोल–मोलाई गरि खरिद–बिक्री गर्न सक्नेगरि हामीले यस एप्लिकेसन तयार पारिएको हो ।

‘‌हामीले यो एप किन्ने र बेच्ने ई बजार (हटिया) को रुपम विकास गरेका छौ। जसले सिधा कृषक र उपभोक्ताबीच सहज रुपमा खरिद बिक्री गर्न सहज होस भन्ने हाम्रो चाहाना हो। यो कुनै पनि इ कमर्स व्यवसाय नभएको हुदा यहाँ कृषक र उपभोक्ता सिधा रुपमा आफ्नो मोलमोलाई गरेर सामान खरिद बिक्री गर्न सक्नेछन्।’ जारी विज्ञप्तिमा भनिएको छ ।

ट्राभहिल डट कम प्रा लि मार्फत हामीले ल्याएको यो एपले यूवाहरु माझ उत्पादन मात्र गर्नु पर्ने रहेछ, तुरुन्त बिक्री हुन्छ भन्ने विश्वास यूवामा पर्न गएमा स्वदेशमा नै रोजगार बढ्ने सम्भावना हुने समेत बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?