काठमाडौंमा पनि समानान्तर कमिटी घोषणा गर्ने नेपाल-खनालको तयारी

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले काठमाडौंमा पनि समानान्तर कमिटी गठन गर्ने तयारी गरेको छ ।

यसअघि कास्की, तनहुँ, लमजुङलगायतका जिल्लामा समानान्तर कमिटी घोषणा गरिसकेको वरिष्ठ नेताद्वय नेपाल-खनाल पक्षले आज आइतवार काठमाडौंमा समानान्तर कमिटी घोषणा गर्ने तयारी गरेको हो ।

यसै विषयमा छलफलका लागि नेपाल-खनाल पक्षले कार्यकर्ता भेला डाकेको छ ।

काठमाडौं जिल्लामा समानान्तर जिल्ला कमिटी गठनको तयारी गरेको सो समूहले काठमाडौंको बुद्ध नगरस्थित एक पार्टी प्यालेसमा समानान्तर कमिटी गठनको तयारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?