काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारीमा लागेका छन् ।
अबको महाधिवेशनमा पनि डा. राउत नै पुनः पार्टीको अध्यक्ष बन्ने निश्चित बनेको छ ।
आगामी चैत २८ गते जनकपुरमा हुन लागेको महाधिवेशनमा अन्य नेताहरुले अध्यक्षका लागि उम्मेद्वारी नदिएको कारण डा राउत नै अध्यक्ष बन्ने पक्कापक्की देखिएको स्रोतले जनाएको छ ।
त्यसैगरी बढीमा ७ जनासम्म उपाध्यक्ष बन्न पाउने भएपनि हालसम्म ४ जनाको मात्रै उम्मेद्वारी परेको छ । त्यस्तै महासचिव एक जना सचिवमा एक जनाको उम्मेद्वारी परेको छ भने उपमहासचिवमा कसैको पनि उम्मेद्वारी परेको छैन । महाधिवेशनको लागि आचारसंहिता समेत जारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया